बढ्यो सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा

२ हप्ता अगाडि

काठमाडौँ - सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार यस अवधिसम्म आइपुग्दा इन्स्योरेन्सको खुद नाफा ७६.१४ प्रतिशतले बढेर १४ करोड ६१ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले ७ करोड ९५ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद बिमा शुल्क आर्जन १७७.६९ प्रतिशतले बढेर ३४ करोड २३ लाख ६७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १२ करोड ३२ लाख ९१ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

त्यस्तै, लगानी तथा कर्जाबाट हुने आम्दानी १३७.५५ प्रतिशतले बढेर १८ करोड ९५ लाख १ हजार रुपैयाँ पुगेको छ । असोज मसान्तसम्म आइपुग्दा कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार रुपैयाँ छ । समिक्षा अवधिमा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ९५ पैसाले घटेर १९ रुपैयाँ ९५ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ २६१ रुपैयाँ ३९ पैसा रहेको छ ।

२ हप्ता अगाडि

प्रतिक्रिया