काठमाडौं । दूरसञ्चार सञ्जालमार्फत मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, इ–मनी (विद्युतीय) वालेट लगायतको माध्यमबाट कारोबार गर्दा कहिलेकाहीँ कारोबार असफल भएर बैंक खाताबाट पैसा काटिने गरेको छ।
यसरी काटिएको छ वा फिर्ता नआउने समस्या देखिएको छ भने अब अब बैंकले एकै दिनमा उक्त काटिएको पैसा फिर्ता गर्नुपर्ने भएको छ। इस्युअर र एक्वाइरर् एउटै संस्था भएमा मनासिब कारण बाहेक कारोबार भएको अर्को दिनसम्म पैसा फिता दिनुपर्ने छ ।
फरक फरक संस्था भई दुवै नेपाली संस्था भएमा बढीमा कारोबार भएको ३ दिनभित्र भित्र र इस्युअर र एक्वाइरर् फरक फरक संस्था भई कुनै एक विदेशी संस्था भएमा बढीमा कारोबार भएको ३० दिनभित्र पैसा फिर्ता गर्नुपर्ने छ।
यस समय सीमा भित्र सेटलमेन्ट गर्ने र गराउने दायित्व उपकरण इस्यु गर्ने र एक्वाइरर् गर्ने दुवै संस्थाको हुने राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया