काठमाडौं । पोखरामा यही बिहीबार अन्तर्राष्ट्रिय स्तरको माउन्टेन बाइक रेस प्रतियोगिता हुने भएको छ ।पोखरा १३ आर्वा विजय डाँडामा हुने एन्ड्युरो बाइक रेसमा ११ देशका ५५ खेलाडी सहभागी हुने भएको छ। माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा प्रतियोगिता हुन लागेको हो।
३ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ८८ जनाले दर्ता गरेको भएपनि प्रतियोगिताको मिति जुधेपछि केही खेलाडी अन्यत्र मोडिएका रेस आयोजक संस्थाको भनाई छ । प्रतियोगितामा इलिट पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष), भेट्रान (५० वर्ष माथि), महिला ओपन तथा इ–बाइक गरी ७ विधामा प्रतिस्पर्धा हुनेछन् ।
इ–बाइक रेस नेपालमै पहिलो पटक हुन लागेको शर्माको दाबी छ । प्रतियोगिताका लागि सन् २०२० देखि तयारी गरिएको थियो । हालसम्म ५० लाख भन्दा बढी खर्च भैसकेको बताइएको छ।प्रतियोगिता अन्तर्गत मङ्सिर ७ र ८ गते अभ्यास खेल हुनेछ भने ९ गते प्रतियोगिता हुने आयोजको भनाई छ ।
प्रतिक्रिया