काठमाडौँ- युनिलिभर नेपाल लिमिटेडले आगामी मंसिर २६ गते ३० औं वार्षिक साधारणसभा बोलाएको छ।
सभा याक एन्ड यति होटलमा अपरान्ह ४स् ३० बजे सुरु हुनेछ ।सभाले गत आर्थिक वर्ष २०७९र ०८० को मुनाफाबाट बाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको प्रतिकित्ता १ हजार ५८० रुपैयाँ नगद लाभांश पारित गर्नेछ ।
प्रस्तावित लाभांश कम्पनीले अहिलेसम्म वितरण गरेको लाभांशमध्ये सबैभन्दा धेरै हो।
यसैगरी, कम्पनीले लाभांश वितरण प्रयोजनार्थ मंसिर १२ गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्ने भएको छ।
प्रतिक्रिया