काठमाडौँ- नेपाल एसबिआई मर्चेन्टको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
मंगलबार सम्पन्न सभाले कम्पनीको आर्थिक वर्ष २०७९र०८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (असार मसान्त २०८० को वासलात, आव २०७९र०८० को नाफारनोक्सान हिसाबलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।
यसैगरी, सभाले कम्पनीमा रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नन्दन हरि शर्मालाई आगामी चार वर्षका लागि नियुक्त गरेको छ ।
साथै सभाले आव २०८०र०८१ को कम्पनीको लेखापरीक्षण गर्नका लागि एपि एण्ड एशोसियट्स, चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक पनि अनुमोदन गरेको छ ।
प्रतिक्रिया