नेपालगंजस्थित रुपैडिया–जमुनाहा नाकाबाट आज मुर्रा राँगा भित्र्याइँदै

५ महिना अगाडि

काठमाडौँ-  बाँकेको नेपालगंजस्थित रुपैडिया–जमुनाहा नाकाबाट आज मुर्रा राँगा भित्र्याइँदै छ । नेपाललाई भारतले उपहार स्वरुप दिएका १५ वटा मुर्रा जातको राँगा आज दिउँसो नेपालगस्थित रुपैडिया–जमुनाहा नाकामा आइपुग्ने नेपालजंगस्थित पशु क्वारेन्टाईन कार्यालयले जनाएको छ ।

 
नेपालमा आज आइपुग्ने १५ मुर्रा राँगालाई एक दिनका लागि नेपालगञ्जस्थित पशु होल्डिङ्ग सेन्टरमा राखिने छ । स्वास्थ्य परीक्षण प्रक्रिया पुरा गरेर मात्रै देशका विभिन्न स्थानमा पठाइने छ । राँगा नेपाल ल्याएपछि विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालय (पोखरा, नेपालगञ्ज र लहान) मा राखिने छ । 

५ महिना अगाडि

प्रतिक्रिया