मङ्सिर ७ : बस्नेत र प्रसाईँको एजेन्डा विहीन लडाई जनताको सास्ती

५ महिना अगाडि

काठमाडौं । विवादास्पद व्यापारी, व्यवसायी दुर्गा प्रसाईँ र एमाले नेता महेश बस्नेत बिचको जुधाइले आज काठमाडौंवासीले सास्ती भोग्दै छन् । उनीहरूले आफ्नो प्रदर्शनमा राजनीतिक एजेण्डा मिसाए पनि यी दुवै प्रदर्शन बेमौसमी र वाहुवली भएको धेरैले विश्लेषण गरेका छन् ।

एमालेको युवा संघले काठमाडौँको तीनकुनेमा प्रदर्शन गर्दै छ। युवा संघले गर्ने भनिए पनि यो प्रदर्शनमा एमालेका जनबर्गीय सङ्गठनहरूलाई उपस्थित हुन उर्दी छ। यो प्रदर्शन एमाले नेता तथा युवा संघका पूर्व अध्यक्ष महेश बस्नेतको प्रत्यक्ष नेतृत्वमा हुँदै छ । 

दुर्गा प्रसाईँको नेतृत्वमा हुने प्रदर्शनमा मानिसहरू धेरै सहभागी हुने आकलन देखिएसँगै यो प्रदर्शनमा एमाले पार्टी नै संलग्न भएको देखिन्छ । तीनकुनेमा हुने प्रदर्शनका लागि काठमाडौँका विभिन्न स्थानबाट मानिसहरू (याली सहित निस्कने तयारी छ।

युवा संघले महँगी, भ्रष्टाचार र कुशासन विरुद्ध प्रदर्शन गर्ने भने पनि यो प्रदर्शनको लक्ष्य प्रसाईँ विरुद्धको शक्ति प्रदर्शन नै रहेको प्रस्ट देख्न सकिन्छ । एमालेबाट बाहिरिएपछि एमाले अध्यक्ष केपी ओली र नेता बस्नेत विरुद्ध  प्रसाईँ आक्रामक बन्दा सम्बन्ध बिग्रिएको छ। 

उता प्रसाईँ समर्थकको शक्ति प्रदर्शन भने बल्खुमा हुँदै छ । नागरिक बचाउ अभियान नाम दिइएको सो प्रदर्शनका लागि सहभागीहरू १० बजेदेखि नै (यालीमा निस्कँदै छन् । (यालीमा धार्मिक संघ संस्थामा मानिसहरू, राजतन्त्र पुरस्थापनामा लागेका साना साना समूहहरू, बैंक तथा वित्तीय संस्था र लघु वित्तका ऋणले डुबेका ऋणीहरू र वर्तमान नेतृत्व अनि प्रणालीसँग असन्तुष्ट व्यक्ति र समूहहरू रहेको देखिन्छ । 

आन्दोलनमा २० लाखसम्मको ऋण मिनाहाको एजेण्डा बनाएका प्रसाईँका पछि ऋण मिनाहा हुने विश्वासमा मधेस देहातदेखि धेरै मानिसहरू काठमाडौँ  आएको जानकारी छ। सुरुमा माइतीघर मण्डलामा दुवै पक्षले प्रदर्शन गर्ने र जुध्ने तयारी भएको खबर आएपछि जनमानसमा त्रास देखिएको थियो ।

 तर, प्रशासनले माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्दै दुवै पक्षलाई अलग अलग स्थानमा प्रदर्शन गर्न अनुमति दियो । फरक फरक स्थानमा प्रदर्शन हुँदा भिडन्त नै  भई हाल्ने अवस्था त नहोला तर बिहान (याली निकाल्ने क्रममा कहीँ कतै अप्रिय घटना हुने सम्भावना भने छ । तर, दुवै पक्षबाट भएका अराजक क्रियाकलापबाट सचेत रहेको सुरक्षा संयन्त्रले बिहानैदेखि ठुलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गराइसकेको छ।

मेडिकल कलेज खोल्ने क्रममा विभिन्न बैंकको ऋणमा डुबेका प्रसाईँको सुरुको आन्दोलन बैंक लक्षित रहे पनि पछिल्लो समय उनले समाजमा व्याप्त असन्तुष्टिमा खेल्दै वर्तमान व्यवस्था, प्रणाली र नेताहरू माथि अमर्यादित टिप्पणी गर्ने गरेका छन् । राजनीतिक रूपमा अपरिपक्व र अस्थिर प्रसाईँ माओवादी, एमाले हुँदै अहिले राजावादी बनेका छन् ।

प्रसाँइले  मारवाडी समुदायमाथि द्वेष उत्पन्न हुने गरी सार्वजनिक अभिव्यक्ति पनि दिएका छन् । व्यक्तिगत रूपमा अराजक प्रसाईँलाई नेता मान्दै हुन लागेको प्रदर्शन खासै प्रभावकारी नहुने बौद्धिक र राजनीतिक वृत्तमा बहस भए पनि समाजमा विद्यमान असन्तुष्टिबाट आन्दोलनको झिल्को सल्किने सम्भावना पनि उत्तिकै देखिन्छ ।
 

५ महिना अगाडि

प्रतिक्रिया