माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त

विहीबार, ०७ मंसिर २०८०, ११ : ५५

 काठमाडौं-  माछापुच्छ्रे बैंकको अध्यक्ष पदबाट डा. उपेन्द्र महतोले राजीनामा दिएका छन् ।

मंसिर ७ गते उनले सञ्चालक समितिसमक्ष राजीनामा दिएका हुन् । उनी गैरआवासीय नेपाली संघ (एनआरएन) का संस्थापकसमेत हुन् ।

उनको राजीनामा समितिले स्वीकृत गरेको बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ ।

साथै बैंकले हालका सञ्चालक समिति सदस्य रोशन केसीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको जनाएको छ । केसी पोखरा महानगरपालिका-७ का स्थायी बासिन्दा हुन् ।


 

विहीबार, ०७ मंसिर २०८०, ११ : ५५

प्रतिक्रिया