सबैभन्दा बढि आयकर दाखिला उत्कृष्ट करदाताहरु सम्मानित

विहीबार, ०७ मंसिर २०८०, १६ : ०३

काठमाडौँ- आन्तारीक राजस्व विभाग, ललितपुर –१ ले कर दिवसको अवसर पारेर राज्यलाई सबैभन्दा धेरै कर तिर्ने कम्पनी र व्यक्तिलाई सम्मान गरेको छ । व्यवसाय सञ्चालन गरेबापत राज्यलाई धेरै कर तिर्ने विभिन्न कम्पनी र व्यक्तिलाई आन्तरिक राजश्व विभागले ललितपुरले सम्मानित गरेको हो ।

ललितपुर जिल्लाका प्रमुख कर अधिकृत नवराज पन्थिको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा उद्योग वाण्ज्यि संघ ललितपुरका अध्यक्ष विश्वराज बज्राचार्य, ललितपुर च्याम्बर अफ कमर्सका अध्यक्ष पुष्प रत्न साक्य साहका साथै विभिन्न वस्तुगत संघ संगठनका पदाधिकारीहरुको बाक्लो उपस्थिती रहेको थियो । 

 व्यवसाय सञ्चालन गरेबापत राज्यलाई कर तिर्न प्रोत्साहन गर्ने लक्ष्यसहित करदातालाई सम्मानित गरिन्छ । आज कर दिवसका अवसरमा आयोजित कार्यक्रममा विभागमा विभिन्न करदाता कम्पनी र व्यक्तिलाई उक्त विभागले ३ वटा विधामामा सम्मान दिइएको छ ।

371494125_722045213212583_4409634553354738844_n

संस्थागततर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रुपमा नेपाल बिमा प्राधिकरण सम्मानित भएको छ । व्यापार तर्फ सबैभन्दा बढि आयकर दाखिला गर्ने कम्पनी जेजीआई डिस्ट्रिब्यूसन प्रा.ली सम्मानित भएको छ । त्यस्तै विशेष उद्योगतर्फसानिमा हाईड्रो पावर लिमिटेड  सम्मानित भएको छ । उक्त कार्यक्रममा कार्यलयका उत्कृष्ट एक जना कर्मचारी पनि सम्मानित भएका छन् । 


 

विहीबार, ०७ मंसिर २०८०, १६ : ०३

प्रतिक्रिया