एभरेष्ट बैंकको १२८ औं शाखा टोखामा

शुक्रबार, ०८ मंसिर २०८०, १६ : ४६

काठमाडौँ - एभरेष्ट बैंकले १२८ औं शाखा काठमाण्डौको टोखा नगरपालिका- ६, टोखामा सञ्चालनमा ल्याएको छ ।  शुक्रबार उक्त शाखाको उद्घाटन कम्पनीको सञ्चालक समितिका अध्यक्ष डा बालगोपाल वैद्य र टोखा नगरपालिकाका उप–मेयर मुरारी तामाङले संयुक्त रुपमा गरेका हुन् ।

 शाखा उद्घाटनपछि बोल्दै कम्पनीका अध्यक्ष वैद्यले बैंकहरु विश्वासको सहयात्री भएकोले टोखा र सो आसपासका बासिन्दाहरुलाई सबल, सरल, उत्कृष्ट साथै आधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने बताए ।यसैगरी, टोखा नगरपालिकाका उप–मेयर तामाङले टोखामा बैंकको शाखा स्थापनाले सर्वसाधरणको वित्तीय पहुँचमा अझ सहज तथा सुलभ हुने बताए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका कार्यकारी सदस्य कृष्णमान श्रेष्ठ, टोखा नगरपालिका-६ का वडा अध्यक्ष शान्ता खनाल पौडेल, कम्पनीका नायब महाप्रबन्धक केशव राज पौडेल, बाग्मती प्रदेश प्रमुख सन्तोष कुमार भट्टराई, बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीलगायत अन्य व्यक्तिहरुको उपस्थिति थियो । 

 योसँगै बाग्मती प्रदेशमा कम्पनीको शाखा संख्या ४६ पुगेको छ भने काठमाण्डौ उपत्यकामा ३६ पुगेको छ । पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको उक्त कम्पनीमा हालसम्म करिब १३ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् ।

कम्पनीले १२८ वटा शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६३ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट मोबाइल, इन्टरनेट र एसएमएस बैकिंङ सुबिधा प्रदान गर्दै बताएको छ ।

शुक्रबार, ०८ मंसिर २०८०, १६ : ४६

प्रतिक्रिया