काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज मङ्सिर १० गते अन्तिम दिन रहेको छ।
बैंकले लाभांश सुरक्षित गर्न मङ्सिर ११ तोकेको छ जसअनुसार आजसम्म कायम रहेका सेयरहोल्डरले कम्पनीको साधारण सभा भाग तिन पाउनेछन् । बैंकले मङ्सिर २३ गते, शनिवार ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटेल, मणिग्राम, रुपन्देहीमा पन्ध्रौँ वार्षिक साधारण बिहान ११ बजे बोलाएको छ।
सभाले हाल कायम चुक्ता पुँजीको १०.५० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज तथा एक्विजिशन सम्बन्धी कार्य गर्न र प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखा परीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू अगाडी सारेको छ।
प्रतिक्रिया