‘चौथो इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२३’ बाट हिमालयन इन्स्योरेन्स सम्मानित

आइतबार, १० मंसिर २०८०, १७ : ४२

काठमाडौँ - यहि २०८० मंसिर ७ गते (२३ नोभेम्बर २०२३) मा इन्डियन चेम्बर्स अफ कर्मशद्वारा आयोजित चौथो आइ सि सि इमर्जिङ एशिया इन्स्योरेन्स कन्क्लेभ विमस्टेक राष्ट्रका जिवन तथा निर्जिवन बीमा कम्पनीहरु मध्ये उत्कृष्ट कम्पनीहरुलाई भारत (मुम्बई)को ताज ल्याण्ड इन्ड होटलमा एक भव्य समारोहका बिच सम्मानित तथा पुरस्कृत गरिएको थियो ।

उक्त समारोहमा विगत ३० वर्ष देखि निर्जीवन बीमा सेवा प्रदान गर्दै आइ रहेको हिमालयन एभरेष्ट इन्स्योरेन्स लि. लाई"Best Micro Insurer - Nepal" र "Most Effective Adoption of Technology - Nepal" गरी २ विधामा सम्मानित गरिएको थियो । कम्पनीलाई प्राप्त उपरोक्त पुरस्कारहरु यस कम्पनीकमा प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहलाई हस्तान्तरण गरिएको थियो । 

विश्व मै प्रतिष्ठित परामर्शदाता PWC ले एशियामा उदियमान बीमा कम्पनीहरुको कार्य सम्पादन, व्यवसाय विस्तार, प्रविधिको प्रयोग आदि विधाहरुमा स्वतन्त्र मूल्याङ्कन गरेको आधारमा विभिन्न कम्पनीहरुलाई पुरस्कृत गरिएकोमा हिमालयन एभरेष्ट इन्स्योरेन्स लि. ले Micro Insurance क्षेत्रमा गरेको सेवा प्रवाह र त्यस्को प्रभावकारीतालाई मूल्याङ्कन गर्दै Best Micro Insurer-Nepal" र प्रविधिको प्रयोगले बीमा सेवा सहजता साथ उपल्ब्ध गराउदै प्रभावकारी ढंगबाट पहुंच अभिवृद्धि गर्दै लगेकोलेMost Effective Adoption of Technology- Nepal" पुरस्कार प्रदान गरिएकोमा कम्पनीले परामर्शदाता जुरी र आयोजकलाई धन्यवाद व्यक्त गरेको छ  । उक्त समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले विशिष्ट अतिथिका हैसियतले सम्बोधन समेत गरेका थिए ।

आइतबार, १० मंसिर २०८०, १७ : ४२

प्रतिक्रिया