वैशाख १२ मा म्याद सकिने नागढुंगा सुरुङ मार्गको ९६.४० प्रतिशत काम सकियो

कुल ५ हजार ४९९ मिटर सुरुङ मार्ग मध्येमा ५ हजार २९८.४० मिटर निर्माण सम्पन्न

५ महिना अगाडि

काठमाडौँ ।  राष्ट्रिय गौरव आयोजना नागढुंगा–नौबिसे सुरुङ मार्ग अन्तर्गत सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ । 

नागढुंगा नौबिसे सुरुङ मार्ग आयोजनाका अनुसार अहिलेसम्म आयोजना अन्तर्गत सुरुङ खन्ने काम ९६.४० प्रतिशत पूरा भएको छ। आयोजनाका अनुसार कुल ५ हजार ४९९ मिटर सुरुङ मार्ग रहेकोमा हालसम्म ५ हजार २९८.४० मिटर निर्माण सम्पन्न भएको हो।

अब २००.६ मिटर निर्माण गर्न बाँकी रहेको छ । आयोजनका अनुसार हालसम्म मुख्य सुरुङ अन्तर्गत २ हजार ६८८ मिटर मुख्य मध्ये हालसम्म २ हजार ४८७.४० मिटर खनिसकिएको छ । हालसम्म समग्रमा ६५.३५७ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । त्यस्तै, वित्तीयतर्फ ६०.८२ प्रतिशत प्रगति भएको छ । नागढुंगा सुरुङ मार्ग आयोजना अन्तर्गत निर्माण हुने १२ वटा संरचनामध्ये ११ वटा संरचनाको निर्माण पूरा भइसकेको छ ।

आयोजना अन्तर्गत ३ वटा अन्डर पास, ४ वटा कल्भर्ट, ३ वटा पुल र एउटा ओभर पास निर्माण सम्पन्न भइसकेको छ। आयोजना अन्तर्गतका संरचना मध्ये अब फ्लाइओभर निर्माण मात्र बाँकी रहेको छ। शुरुवाती ठेक्का सम्झौताअनुसार सुरुङ निर्माणको काम नसकिएपछि एक वर्ष म्याद थप गरिएको हो  । यसको ठेक्का गत वैशाखमा सकिएको हो । काम नसकिएपछि ०८१ वैशाख १२ सम्म म्याद थपिएको हो । 
 

५ महिना अगाडि

प्रतिक्रिया