दृश्य सहकारीको साधारण सभा सम्पन्न, तीन जनालाई नगद सहित सम्मान

सोमबार, ११ मंसिर २०८०, ०९ : ३६

काठमाडौं । दृश्य बहुउद्देश्यीय सहकारी संस्थाको तेस्रो वार्षिक साधारण सभा काठमाडौँ, थापा गाउँ स्थित काठमाडौँ ब्यांक्वेटमा संस्थाका अध्यक्ष प्रह्लाद दाहालको सभापतित्व एवं राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक  डी.बि. बस्नेतको प्रमुख आतिथ्ययतामा सम्पन्न भएको छ । 

कार्यक्रममा कृषि पत्रकार सञ्जालका अध्यक्ष  किरण आचार्य, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका अधिकृत कृष्ण कार्की, समानान्तर ग्रुपका निर्देशक श्रीकृष्ण भण्डारी, सहकारी अभियन्ता मुकुन्द दाहाल, नापी विभागका अधिकृत डिल्ली दाहाल लगायत संस्थाका पदाधिकारी, सेयर सदस्य, उद्योगीहरू एवं किसानका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो । 

 कार्यक्रममा अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखा समितिको प्रतिवेदन माथि बृहत् छलफल गरी सुझाव सहित पास गरिएको थियो । साथै कार्यक्रममा असल बचत कर्ता, असल ऋणी, असल वाल बचत कर्ता गरी तीन जनालाई प्रमाणपत्र तथा नगदले सम्मान गरिएको थियो । उपस्थित अतिथि सबैलाई दुग्ध पदार्थ समावेश गरी बनाइएको मायाको चिनो प्रदान गरिएको थियो । 

आफ्नो भनाइ राख्ने क्रममा अनाजका अध्यक्ष किरण आचार्यले सहकारीले लिएको उद्देश्य राम्रो भएकोले सफल हुने कुरामा दुई मत नभएको कुरा बताएका हुन । सहकारी अभियन्ता मुकुन्द दाहालले सुरुबाट नै आफू यो सहकारीमा आबद्ध भएकोले यसले लिएको उद्देश्य प्राप्तिका लागि सबै शेयर सदस्य एकजुट भएर लाग्नु पर्ने बताए ।

पशु सेवा विज्ञ केन्द्र ललितपुरका अधिकृत कृष्ण कार्कीले सबै डेरीमा आबद्ध सफल, आर्थिक अनुशासन भएका व्यक्तिहरू सहकारीमा लाग्नु भएकोले पनि यो सहकारी सफल हुने निश्चित रहेको बताए। प्रमुख अतिथि बस्नेतले यसरी सबै डेरी व्यवसायीहरूलाई सदस्य बनाई एकीकृत गरी ठुलो डेरी उद्योग लगाउने कुराले आफू अत्यन्तै खुसी भएको र सकेको सहयोग गर्ने कुरा बताउँदै सहकारीले अहिलेसम्म गरेका कार्य सन्तोष जनक नै भएको कुरा बताए ।

 अन्त्यमा सहकारीका उपाध्यक्ष टिका प्रसाद घिमिरेले उपस्थिति सबैलाई धन्यवाद दिँदै सहकारीमा आबद्ध नभएकालाई पनि आबद्ध हुन अनुरोध गरे । सहकारीका अध्यक्ष प्रह्लाद दाहालले हामी सबै लाग्दा मात्र सहकारीलाई उचाइमा पुर्‍याउन सकिने बताएका हुन । यदि हामी सबै राम्रोसँग लाग्दा अहिले भएको सहकारीका सदस्य दोब्बर बनाउन सकिन्छ । छरिएर रहेका सानो सानो पुँजी एकीकृत गरी काम गर्न सक्दा सबैको उद्देश्य पुरा हुने निश्चित भएकोले सबैलाई सहकारीमा आबद्ध भई कारोबार गर्न आग्रह गरे ।

सोमबार, ११ मंसिर २०८०, ०९ : ३६

प्रतिक्रिया