नबील बैंकले पायो ऋणपत्र निष्कासको अनुमति

सोमबार, ११ मंसिर २०८०, १४ : ४५

काठमाडौँ - नबील बैंकले ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँ दरले  ३ अर्ब रुपैयाँ बराबरको कुल ३० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो ।

 कुल ऋणपत्र मध्ये १२ लाख इकाई सर्वसाधारणका लागि निष्कासन हुनेछ भने बाँकी १८ लाख इकाई कम्पनीले आफै विभिन्न संघसंस्थालाई बिक्री गर्नेछ 

कम्पनीको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । 

सोमबार, ११ मंसिर २०८०, १४ : ४५

प्रतिक्रिया