१६.६३ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, आज बोलकबोल हुँदै

मंगलबार, १२ मंसिर २०८०, ०७ : ५३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंसिर १२ गते) १६अर्ब ६३ करोड रुपैयाँ बढीको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ।

केन्द्रीय बैंकले मंसिर १३ गते जारी हुने ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल आज गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ३ अर्ब १३ करोड रुपैयाँ, १८२ दिनका लागि ६ अर्ब रुपैयाँ र ३६४ दिनका लागि ७ करोड ५० रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्नेछ।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

यी ट्रेजरी बिल क्रमशः मंसिर फागुन १६ गते, २०८० जेठ १६ गते र २०८० मंसिर १२ गते परिपक्व हुनेछन्। यी ट्रेजरी बिलको भोलि दिउँसो २ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन पाउनेछन्। 

मंगलबार, १२ मंसिर २०८०, ०७ : ५३

प्रतिक्रिया