एनएमबि बैंकका सेयरधनीहरुको हात खाली

विहीबार, १४ मंसिर २०८०, १० : ३५

काठमाडौँ- एनएमबि बैंकले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लाभांश नदिने भएको छ  ।

कम्पनीको गत मंसिर १३ गते बसेको  सञ्चालक समितिको ४५८औं बैठकले गत आवको मुनाफाबाट लाभांश बितरण नगर्ने निर्णय गरेको हो ।


बैठकले आर्थिक वर्ष २०७९ / ०८० वित्तीय विवरण अनुसार कायम रहेको वितरण योग्य मुनाफाबाट लाभांश वितरण नगरी सञ्चित गर्ने र सोही बमोजिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको छ ।

अन्य वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भए पछि कम्पनीले साधारणसभा आह्वान गरि पारित गर्ने छ।

कम्पनीले अघिल्लो आर्थिक वर्षमा ८.२५ प्रतिशत नगद लाभांश दिएको थियो ।

विहीबार, १४ मंसिर २०८०, १० : ३५

प्रतिक्रिया