गभर्नर अधिकारी र अर्थमन्त्री महत बीच भेटवार्ता

विहीबार, १४ मंसिर २०८०, १३ : ०९

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री  डा प्रकाशशरण महत बीच बिहीबार भेटवार्ता भएको  छ  ।

सो अवसरमा गभर्नर अधिकारी  तथा अर्थमन्त्री महत बीच मुलुकको बर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे छलफल भएको छ ।


साथै मौद्रिक नीतिको समीक्षा बारे पनि छलफल भएको बताइएको  छ। यसैगरी सोही अवसरमा उनले अर्थमन्त्री समक्ष आर्थिक वर्ष २०७९र०८० को वार्षिक प्रतिवेदन पनि बुझाएका छन् ।

उक्त प्रतिवेदनका अनुसार केन्द्रीय बैंकले आर्थिक वर्ष २०७९/ ८० मा ८७ अर्ब बढी खुद नाफा कमाएको छ। 

केन्द्रीय बैंकले आर्थिक वर्ष २०७९/०८० मा ८७ अर्ब ६० करोड ३७ लाख ४५ हजार ४४८ रुपैयाँ खुद नाफा कमाएको हो।

अघिल्लो आर्थिक वर्षको तुलनामा राष्ट्र बैंकको खुद नाफा २९.२५ प्रतिशतले बढी हो  । गत वर्ष राष्ट्र बैंकको खुद नाफा ६१ अर्ब ९८ करोड रुपैयाँ थियो ।
 

विहीबार, १४ मंसिर २०८०, १३ : ०९

प्रतिक्रिया