आजबाट श्री एयरलाइन्सको काठमाडौँ–सुर्खेत नियमित उडान सुरु

११ महिना अगाडि

काठमाडौँ - निजी हवाई सेवा कम्पनीले श्री एयरलाइन्सले शुक्रबारदेखि काठमाडौँ–सुर्खेत नियमित उडान सुरु गरेको छ । एयरलाइन्सको क्यू ४००–८ जहाजले ७१ जना प्यासेन्जरसहित काठमाडौँबाट सुर्खेत पहिलो उडान भरेर नियमित उडानको सुरुवात गरेको हो । एयरलाइन्सको बिहान ७ः१५ उडान तालिका रहे पनि सुर्खेतको मौसमका कारण ढिला गरी १०ः२५ मा मात्र जहाज उडेको श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए । 

लगत्तै उता सुर्खेतबाट जहाज ६४ जना यात्रु बोकेर ११ बजे काठमाडौँ उडेको थियो । जहाज ११ः४६ मा त्रिभुवन विमानस्थल अवतरण गरेको प्रवक्ता मानन्धरको भनाइ छ ।  श्री एयरलाइन्सले लामो परीक्षण पश्चात् गत हप्ता नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट काठमाडौँ–सुर्खेत उडानको अनुमति पाएको थियो । योसँगै एयरलाइन्सले अब दैनिक रूपमा काठमाडौँ–सुर्खेत उडान भर्ने जनाएको छ । 

 यसले कर्णाली प्रदेशको यातायात सुविधामा थप सहजता प्रदान गर्ने कम्पनीले बताएको छ । 

११ महिना अगाडि

प्रतिक्रिया