मन्दीको असर : कृषि फार्मदेखि किराना पसलेसम्मको सम्पत्ति लिलाम

आइतबार, १७ मंसिर २०८०, ११ : ५६

काठमाडौं – आर्थिक मन्दीको असर ठूला व्यापारीहरुलाई मात्र परेको छैन । साना व्यवसायीहरु झन मन्दीको चर्को मारमा परेका छन् । रुपन्देहीको गुरु कृपा गाईभैंसी फार्मले ऋण नतिरेपछि महालक्ष्मी विकास बैंकले लिलामी प्रक्रिया अगाडि बढाउने भएको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रुपन्देहीकै नमुना किराना पसलको धितो लिलामी प्रक्रिया थालेको छ। 

देशका विभिन्न भागमा बैंकहरुले धितो लिलामीको सूचना धमाधम निकालीरहेका छन् । यसै क्रममा एभरेष्ट बैंकले रौतहटको नेपाल बिउबिजन उद्योग, लक्ष्मी बैंकले खोटाङको तारा इन्टरलक ब्लक उद्योग, हिमालयन बैंकले तनहुँको सहयोगी कृषि  तथा पशुपक्षी फार्म प्रालि, माछापुच्छ्रे बैंकले कञ्चनपुरको रोकाया किराना पसलको धितो लिलामी गर्दैछन्।

मुलुकमा बढ्दो आर्थिक मन्दी, घट्दो उपभोग र बजार, बढ्दो लागतले स.साना उद्यमीदेखि कृषकसम्म आर्थिक संकटमा परेका छन्। उनीहरु आर्थिक रूपमा उठ्नै नसक्ने भएपछि निक्षेपकर्ताको पैसा सुरक्षित राख्नका लागि पनि लिलामी प्रक्रियामा अगाडि बढ्नु परेको बैंकहरु भनाइ छ।
 

आइतबार, १७ मंसिर २०८०, ११ : ५६

प्रतिक्रिया