सपोर्ट लघुवित्तको सिईओमा चौधरी नियुक्त

आइतबार, १७ मंसिर २०८०, १२ : २९

काठमाडौँ-  सपोर्ट लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा महेशकुमार चौधरी नियुक्त भएका छन् । कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई दिएको जानकारी अनुसार प्रमुख कार्यकारी अधिकृतमा चौधरी नियुक्त भएका हुन् ।

कम्पनीको सञ्चालक समितिको २१०औँ बैठकबाट प्रमुख कार्यकारी अधिकृतमा चौधरी नियुक्त भएका हुन् । सञ्चालक समितिको निर्णय मङ्सिर १५ गतेदेखि लागू हुनेछ । चौधरी आगामी ४ वर्षका लागि कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् । उनले १५ गते नै पदभार ग्रहण गरेको बताइएको छ ।

आइतबार, १७ मंसिर २०८०, १२ : २९

प्रतिक्रिया