तारागाउँ रिजेन्सी होटल्सद्धारा लाभांश घोषणा

सोमबार, १८ मंसिर २०८०, १० : २३

काठमाडौँ- तारागाउँ रिजेन्सी होटल्सले गत आर्थिक वर्ष २०७९/०८० को नाफाबाट १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले ४ प्रतिशत बोनस सेयर र करप्रयोजनसहित ११ प्रतिशत नगद वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि प्रस्तावित लाभांश सेयरधनीले पाउने छन् ।कम्पनीको चुक्तापूँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रहेको छ।

कम्पनीले अघिल्लो आर्थिक वर्षमा ८।४२ प्रतिशत नगद लाभांश दिएको थियो ।

 

 

सोमबार, १८ मंसिर २०८०, १० : २३

प्रतिक्रिया