काठमाडौँ- पिपुल्स पावरले हकप्रद निष्कासन गर्ने तयारी गरेको छ ।
कम्पनीको गत मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले १ स् ०५ अनुपातमा ५० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम रहेको चुक्तापूँजीको १ स्०५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो । उक्त प्रस्ताव नियमनकारी निकाय विद्युत् नियमन आयोगबाट स्वीकृती प्राप्त भएपछि आगामी साधारण सभामा पेश गर्ने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले आयोजनाको मर्मत संभार, भुक्तानी गर्न बाँकी हिसाब फरफारक गर्न तथा नयाँ आयोजनामा लगानी गर्नका साथै लगानीका स्रोतहरु पहिचान गर्दै रोजगारी सृजना गरी राष्ट्रिय पूँजी बृद्धि गर्न आवश्यक पर्ने रकम हकप्रदबाट जुटाउने निर्णय गरेको हो ।
कम्पनीले इलाम जिल्लामा ४.९६ मेगावाट क्षमताको पुवा- २ जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७९/०८/१२ देखि नियमित विद्युत् उत्पादन तथा बिक्री गरिरहेको बताएको छ ।रेशमबहादुुर जुुग्जाली, आर्थिक मामिलामन्त्री जितप्रकाश आले, प्रदेशसभा सदस्य हरिबहादुुर भण्डारी, नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटासहित मन्त्रालयका सचिव, निर्देशक, महाशाखा प्रमुख, ११ वटै जिल्लाका पूूर्वाधार विकास र यातायात व्यवस्था कार्यालयका प्रमुखलगायत एक सय जनाभन्दा बढी कर्मचारी घोडेपानी पुगेका थिए ।
पर्यटन प्रवद्र्धनका लागि पहिलोपटक पोखरा बाहिर मन्त्रालयको समीक्षा कार्यक्रम आयोजना गरेको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री जुग्जालीले बताए । पोखराकै बराबरको खर्चमा घोडेपानीमा कार्यक्रम गरिएको र अन्य कार्यक्रम पनि पोखरा बाहिर गर्ने योजना रहेको उनले बताए ।
मन्त्रालयको कार्यक्रमले यस क्षेत्रको पर्यटन प्रर्वद्धनका साथै विकास आयोजनाको आवश्यकता महशुुस गराउन सरकारको ध्यानाकर्षण गराउन सहयोग पुगेको पुनहिल घोडेपानी अवस्थित अन्नपूूर्ण गाउँपालिकाको ६ नम्बर वडाका अध्यक्ष रामबहादुर खड्काले बताए । सरकारी तवरबाट घोडेपानीमा हालसम्मकै ठूूलो कार्यक्रम भएको पनि उनले बताए ।
प्रतिक्रिया