कामना सेवाले बोलायो साधारण सभा

मंगलबार, १९ मंसिर २०८०, १२ : २५

काठमाडौँ - कामना सेवा विकास बैंकले साधारण सभा बोलाएको छ । बैंकको सोमबार बसेको सञ्चाल समिति बैठकले पुस १७ गते सभा बोलाउने निर्णय गरेको हो । बैंकले यो वर्ष लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।

सभा प्रयोजनार्थ बैंकले मंसिर २९ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, मंसिर २८ गतेसम्म कायम सेयरधनीले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

मंगलबार, १९ मंसिर २०८०, १२ : २५

प्रतिक्रिया