काठमाडौँ - समृद्धि फाइनान्स कम्पनि लिमिटेडले मंसिर १९ गते गौतम बुद्ध पोलिक्लिनिक प्रा.लि. खरेन्द्रपुर, कपिलवस्तु र हाम्रो केक तथा दुध डेरी खरेन्द्रपुर, कपिलवस्तु संग समझदारी गरेको छ । उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका ग्राहकहरुले मिति २०८०/०८/१९ देखि २०८१/८/१८ गते सम्म समृद्धि मोबाइल बैकिङ्ग, डेविड कार्ड तथा QR प्रयोग गरि समझदारी भएका पोलि क्लिनिक तथा डेरीमा वस्तु तथा सेवाको उपभोग गरि भुक्तानी गर्दा भारी छुट पाउने छन् ।
यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो समद्मदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट खरेन्द्रपुरका शाखा प्रमुख संगिन गैरे, गौतम बुद्ध पोलिक्लिनिक प्रा.लिका तर्फबाट व्यवस्थापक प्रमुख बाबुराम भुषाल र हाम्रो केक तथा दुध डेरीका तर्फबाट सीतादेवी खासुज्यूले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ ।फाइनान्सका सम्पुर्ण ग्राहकहरुले गौतम बुद्ध पोलिक्लिनिक प्रा.लि. मा नियमित ओ.पि.डि. चार्जमा १००% छुट, वेड चार्जर X-Ray चार्जर ल्याब चार्जमा २०% छुट र औषधिमा १०% छुट प्राप्त गर्ने छन् । साथै हाम्रो केक तथा दुध डेरीमा सबै किसिमका बेकरी प्रोडक्टमा ५% छुट प्राप्त गर्नेछन् ।नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।
प्रतिक्रिया