एनसेलले पठायो प्राधिकरणलाई पत्र

बुधबार, २० मंसिर २०८०, १६ : ३४

काठमाडौँ - नेपालको निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलको ८० प्रतिशत सेयर खरिदबिक्रीबारे नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको छ। 

उसले यसबारेका सम्बन्धित कागजात उपलब्ध हुनासाथ प्राधिकरणलाई बुझाउने भन्दै पत्र पठाएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिएका छन्। 

खनालका अनुसार एनसेलले मंगलबार प्राधिकरणलाई पत्र पठाउँदै  सेयर खरिदबिक्रीको कागजात संकलन गरिरहेको उल्लेख गरेको छ।


 

बुधबार, २० मंसिर २०८०, १६ : ३४

प्रतिक्रिया