ताजा समाचार

अमेरिकी डलर देखि कतारी रियालसम्म : आजको बिनिमयदर कति ?

विहीबार, २१ मंसिर २०८०, ०७ : २०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंसिर २१ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०३ पैसा र बिक्री दर १३३ रुपैयाँ ६३ पैसा रहेको छ । अघिल्लो दिन बुधबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ ७२ पैसा कायम भएको थियो ।

त्यसैगरी, युरो एकको खरिद दर १४३ रुपैयाँ ४९ पैसा र बिक्री दर १४४ रुपैयाँ १३ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ४८ पैसा र बिक्री दर १६८ रुपैयाँ २३ पैसा रहेको छ।                                                                 

                                                                                     बिस्तृतमा हेर्नुहोस्
    

विहीबार, २१ मंसिर २०८०, ०७ : २०

प्रतिक्रिया