काठमाडौँ- हालसम्म नेप्सेमा सूचीकृत २० वटा म्युचुअल फण्डहरुले मात्रै गत आर्थिक वर्ष २०८०–८१ को मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई लाभांश घोषणा गरेका छन् ।
म्युचुअल फण्डहरुले आर्थिक वर्ष सकिएको एक(दुई महिनाभित्रै आफ्ना इकाईधनीहरुलाई प्रतिफल बाँड्ने गर्दछन् । अन्य कम्पनीको तुलनामा फण्डहरुको लाभांश घोषणा र वितरण प्रक्रिया चाँडो हुन्छ ।
म्युचुअल फण्डहरु बन्दमुखी र खुलामुखी हुने भएकोले अवधिसम्ममा आफ्ना इकाईधनीहरुलाई नगद लाभांश मात्रै वितरण गर्दछन् । फण्डहरुको दोस्रो बजारमा प्रतिइकाई मूल्यको आधारमा कारोबार हुने भएकोले नगद लाभांश मात्रै वितरण गर्छन् ।
गत आर्थिक वर्षको मुनाफाबाट सिटिजन क्यापिटल, सानिमा क्यापिटल, सनराइज क्यापिटल, एनएमबी क्यापिटल, एनआइसी एसिया क्यापिटल, नबिल इन्भेष्टमेन्ट मर्चेण्ट, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल, एनआइबिएल एस क्यापिटल, कुमारी क्यापिटल र ग्लोबल आइएमई क्यापिटलका म्युचुअल फण्डहरुले लाभांश घोषणा गरी इकाईधनीहरुमा वितरण समेत गरिसकेका छन् ।
गत आर्थिक वर्षको मुनाफाबाट सबैभन्दा बढी प्रतिफल अर्थात् लाभांश बाँड्नेमा सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट रहेको छ । सो फण्डले आफ्ना इकाईधनीहरुलाई २५ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।
प्रतिक्रिया