रिलायबल नेपाल लाइफको नयाँ बोनस दर सार्वजनिक

कुन बीमा योजनामा कति बोनस दर पाईन्छ ?

२ महिना अगाडि

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०७९/ ८०सम्मको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा  इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको हो । कम्पनीले जारी गरेको विभिन्न बीमा योजनामा न्यूनतम प्रतिहजार २० रुपैयाँदेखि अधिकतम प्रतिहजार ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीको आर्थिक वर्ष २०७९/८०को बीमा कोषको बीमाङ्कीय मुल्याङकन प्रतिवेदन बीमा प्राधिकरणबाट मंसिर २२ गते स्वीकृत भई बीमालेखहरूमा नयाँ बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो ।
reliable-life-bonushdar

२ महिना अगाडि

प्रतिक्रिया