काठमाडौं । नेपाल हाइड्रो डेभलोपर्स र एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई कम्पनीले भोली अर्थात मंसिर २५ गते बुकक्लोज गर्ने भएको छन्। यसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा भाग लिन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
नेपाल हाइड्रो डेभलोपर्सले पुस १२ गते लिसारा रिसेप्सन्स, नक्साल, काठमाडौँमा १७ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले हुन आउने २ करोड ३५ लाख १४ हजार ८५५ रुपैयाँबराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०।३७ प्रतिशतका दरले हुन आउने १२ लाख ३७ हजार ६२३ रुपैयाँ ९५ पैसाबराबरको नगद लाभांश वितरण गर्ने भएको छ ।
त्यसैगरी, एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ६ गते, बिहान ९ बजे गोर्खा होटल, चतरा लाईन, धरान उपमहानगरपालिका वडा नं। १२, सुनसरीमा छैठौँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
प्रतिक्रिया