काठमाडौँ- सेकेन्ड ह्यान्ड मोबाइल किनबेच गर्न का लागि नयाँ पुरानो इलेक्ट्रो टेक प्रा ली.ले साआमि सँगको सम्झौता सञ्चालनमा ल्याएको एउटा एप हो "नयाँ पुरानो एप"।
यो एप पछिल्लो ७ महिनादेखि निरन्तर सञ्चालमा रहेको छ । आफूसँग भएको कुनै पनि ब्राण्डका पुराना मोबाइलहरू दिएर बजारमा आएका नयाँ मोबाइल लिन सकिने यो एपको मुख्य विशेषता हो ।
सामान्यतया हामीले मोबाइल पुरानो भएपछि के गर्ने भन्ने बित्तिकै नयाँ वा अर्को किन्ने भन्ने हुन्छ तर सेकेन्ड ह्यान्ड एपमा पुरानो मोबाइल लगेर नयाँ ल्याउन सकिन्छ । झट्ट सुन्दा यस्तो पनि सम्भव छ र भन्ने लाग्छ तर उल्लेखित एपले नयाँ साट्ने व्यवस्था मात्रै नभएर किन्ने र बेच्ने दुवैको लागि होम डेलिभरीको समेत सुविधा दिएको छ । यस एपको मुख्य कार्यालय सिटिसि महल –सुनधाराको पाचौँ तलामा अवस्थित छ।
प्रस्तुत छ: यस एप्पका प्रबन्ध निर्देशक अभिषेक अग्रवाल सँग गरिएको कुराकानीको सारसंक्षेप्त :
नयाँ पुरानो एपमा के कस्तो व्यवस्था रहेको छ ?
यसको व्यवस्थाबारे बुझ्न पहिले यो एप नै के हो भनेर बुझ्न जरुरी छ सामान्यतया आफ्नो घरमा भएका पुराना मोबाइलहरू के गर्ने त भन्दा हामाीसँग थोरै विकल्प छ कि त कवाडीलाई दिने कि चाहिँ बच्चा बच्चीलाई खेलाउन दिने तर अब त्यो मोबाइलबाट नयाँ मोबाइल चेन्ज हुन्छ भन्दा जोकोहीलाई आश्चर्य लाग्नु सामान्य कुरा हो ।
तर अब त्यो मोबाइल बेच्न कतै जानु नपर्ने, र कम्पनी घर मै मोबाइल लिन आउने र पैसा पनि बैङ्क खातामा हाली दिने हामीले नयाँ व्यवस्था कायम गरेका छौ त्यो सबै सुविधा यहीँ एपमा छ ।
यो एप्प डाउनलोड गरेर
Apple Store: https://apps.apple.com/np/app/inspectec/id6447776834
Play Store: https://play.google.com/store/apps/details?id=com.inspectec
प्रयोग गरेर आफूले प्रयोग गरेको स्मार्टफोन को मूल्य थाहा पाउन सकिने छ र यदि एप्पले दिएको मूल्य उचित लाग्छ भने यो कम्पनीले पुरानो मोबाइल तुरुन्तै किन्ने छ ।
त्यसै गरी यदि पुरानो मोबाइल किन्नु छ तर भरपर्दो ठाउँ थाहा न हुँदा ग्राहकहरूमा हुन आउने अप्ठ्यारो पनि यस कम्पनीको वेबसाइट ले सहज बनाएको छ। कम्पनीको वेबसाइटबाट सबै टेस्टहरू भएको, र राम्ररी जाँच गरेको पुराना स्मार्टफोन सजिलै किन्न सकिन्छ ।
एपको मुख्य उद्देश्य के हो ?
पुरानो मोबाइल बेच्नु कुनै नयाँ कुरा होइन, तर मोबाइल को मूल्य निर्धारण गर्नु र घरै बसी–बसी बेच्न पाउनु कम्पनीको सेवा को मुख्य उद्देश्य रहेको छ।
अब मोबाइल बेच्न बजारको दसौ पसल घुम्दै सबै भन्दा राम्रो दाम दिने पसल खोज्दै जानु परेन । अन्य उपलब्ध प्लेटफर्महरू मा हुँदै गरेको सयौँ जना सित कुरा पनि गर्नु पर्दैन, र सबै भन्दा राम्रो पक्ष चाही तुरुन्तै आफ्नो खातामा पैसा पनि पाउनुहुनेछ।
आज को युग मा सबै भन्दा धेरै अभाव मध्यमा एउटा समय हो र हामीले मान्छेको समय को महत्त्व बुझेका छौ । कम्पनीको उद्देश्य ई–वेष्ट कम गर्नु र मानिसहरूमा यो समस्यालाई बुझ्दै यसको लागि ग्राहकहरूले गर्न सक्ने योगदानलाई ध्यान दिएका छौँ ।
यो खालको बिकी वितरणले राजश्वमा कस्तो असर पार्छ ?
अहिले खरिद–बिक्री हुँदै गरेका पुराना फोनहरूमा, सरकारले गुमाएको राजस्व लाई पनि यस कम्पनी बाट खरिदबिक्री गर्दा सरकारी निकायले पनि भ्याट को एउटा नयाँ श्रोत पाएको छ। साथै विदेशी स्मार्टफोनहरूको आयात कम गराई स्वदेशी मुद्राको बचत पनि गर्दै आइरहेको छ ।
एउटा पुरानो स्मार्टफोन बिक्री हुँदा, एउटा नयाँ फोनको आयात कम गराउने पनि कम्पनी को मान्यता रहेको छ। कम्पनीको वेबसाइट बाट बिक्री हुने फोन को प्रत्येक ग्राहक को नाममा कम्पनी ले एउटा रूख रोप्ने पनि व्यवस्था मिलाएको छ। जसले गर्दा जलवायु परिवर्तनमा सकारात्मक भूमिका खेल्ने छ ।
त्यसरी रोपेको बिरुवा हुर्कन लायक नभए सम्म कम्पनीकै विशेष रेखदेखमा रहनेछ । मानिसका लागि बोट–बिरुवा र बोट–बिरुवाका लागि मानिस अपरिहार्य रहेको कुरालाई अवगत गराउँदै एक जना मानिस ले पनि आफ्नो योगदान दिँदा, एउटा ठुलो समस्याको समाधान मा टेवा पुर्याउन सक्ने अग्रवालले बताए
यस एपमा कुन उमेरका ग्राहकको रुचि बढी देखिन्छ ?
विज्ञान तथा प्रविधिको विकास सँगै अहिले मानिसको जीवनमा मोबाइल नभई नहुने अभिन्न अंग बनेको छ । यो एपमा युवा वर्गको बढी आकर्षण देखिएको छ भने अहिले सम्म यो एप्पको प्रयोग गरि किनबेच भएका जति पनि मोबाइलहरू छन् ती सबै राजधानी भित्र बढी र राजधानी बाहिर कम रहेको छ ।
प्रतिक्रिया