ताजा समाचार

थप एक कम्पनीको लाभांश घोषणा

मंगलबार, २६ मंसिर २०८०, १० : २६

काठमाडौँ- लुम्बिनी विकास बैंकले गत आर्थिक वर्ष २०७९/०८० को सञ्चित मुनाफाबाट ८.५० प्रतिशतका दरले लाभांश दिने घोषणा गरेको छ।

कम्पनीको गत मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ४ प्रतिशत बोनस सेयर र करप्रयोजनसहित ४।५० प्रतिशत नगद लाभांश रहेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीले पाउने छन् ।

कम्पनीको हालको चुक्तापूँजी ३ अर्ब ३८ करोड २८ लाख २१ हजार  २८६ रुपैयाँ छ।  

मंगलबार, २६ मंसिर २०८०, १० : २६

प्रतिक्रिया