ताजा समाचार

छिमेक लघुवित्तको लाभांश घोषणा

मंगलबार, २६ मंसिर २०८०, १० : २९

काठमाडौँ- छिमेक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९र ०८० को सञ्चित मुनाफाबाट १५ प्रतिशतका दरले लाभांश दिने घोषणा गरेको छ।


कम्पनीको गत मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ५ प्रतिशत बोनस सेयर र करप्रयोजनसहित १० प्रतिशत नगद लाभांश  छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीले पाउने छन् ।

कम्पनीको हालको चुक्तापूँजी २ अर्ब ८३ करोड ५४ लाख २ हजार रुपैयाँ  छ। 

 

मंगलबार, २६ मंसिर २०८०, १० : २९

प्रतिक्रिया