‘अल इलेक्ट्रीक रेनो–५ इटेक’ आगामी फेब्रुअरी २४ मा सार्वजनिक हुने

मंगलबार, २६ मंसिर २०८०, १४ : ५०

काठमाडौं- फ्रेन्च अटोमोवाइल कम्पनी रेनोको ‘अल इलेक्ट्रीक रेनो–५ इटेक’ आगामी फेब्रुअरी २४ मा सार्वजनिक हुने भएको छ । कम्पनीले आफ्नो बहुप्रतिक्षित मोडललाई ‘जेनेभा मोटर शो–२०२४’ मा सार्वजनिक गर्न लागेको हो ।

फ्रेन्च निर्माताले सन् २०२१ ‘इवेज इलेक्ट्रोपप इभेन्ट’मा पहिलो पटक कन्सेप्ट देखाएको थियो । कम्पनीले ७० को दशकमा निकै सफलता र चर्चा कमाएको रेनो-५ लाई इलेक्ट्रीकमा ल्याउन लागेको हो ।

रेनोले नयाँ कारलाई ट्रेडिसनल डिजाइन एलिमेन्टमा मोर्डन फिचरहरूको समिश्रण दिएर तयार पारेको हो । रेनो–५ लाई कम्पनीले फ्रेन्च कारको रूपमा प्रस्तुत गर्न लागेको छ । यो ईभीको रियर भ्यू मिररमा फ्रेन्च झण्डा इम्बोस्ड गरिएको छ । साथै रियर लोगोमा, ह्वीलमा तथा साइड ग्रिडमा फाइभ ९५० को सिम्बोल मार्क गरिएको छ ।


रेनोले ब्याट्री सप्लाइका लागि एलजीसेम तथा एनभीजन ईएएससीसँग सम्झौता गरिसकेको छ । रेनोको पार्टनर कम्पनी निसानले पवद्र्धन गरेको एनभिजनबाट ग्रुपको प्लेटफर्म सीएमएफ-बीइभीका लागि प्राक्टिकल तथा अफोर्डेबल सोलुसन पाउने दाबी गरेको छ ।

रेनो–५ को लागि कम्पनीले फ्रान्समै ब्याट्री उत्पादन गर्ने भएको छ । यो ब्याट्रीको कार्बन फुटप्रिन्ट रेनोको जोए तथा कङगुमाभन्दा ३५ प्रतिशतले कम हुने बताइएको छ ।

रेनो–५ मा जोएको भन्दा धेरै एड्भान्स फिचरहरु रहने छन् । यसमा फास्ट चार्जिङ टाइम, धेरै रेन्ज तथा मोर्डन इन्टेरियर तथा एक्टेरियर डिजाइन रहेको छ । रेनो निसानको सीएमएफ बीईभी प्लेटफर्ममा बनेको यो ईभीको लम्बाई ३९२० एमएम हुनेछ । कम्पनीले यसमा हाइभोल्टेज ५२ किलोवाट आवरको ब्याट्री प्याक दिएको छ । जसलाई फुल चार्जमा ४०० किलोमिटरसम्म चलाउन सकिने छ ।

यसमा प्रयोग हुने ब्याट्रीको उत्पादन लागत प्रतिकिलोवाट आवर ८५ डलरभन्दा कम हुने अनुमान गरिएको छ । प्रतिकिलोवाट आवर मूल्य अहिलेसम्मकै कम हुने देखिन्छ । यो कारमा नेक्स्ट जेनेरेशन इलेक्ट्रीकल्ली एक्साइडेड सिङ्क्रोनियोस मोटरको प्रयोग हुनेछ ।

अन्तर्राष्ट्रिय बजारमा २५ हजार डलरभन्दा कम मूल्यमा आउने अनुमान गरिएको रेनो–५ ले बजारमा कस्तो ब्यापार गर्छ त्यो हेर्न भने अझै कुर्नु पर्ने हुन्छ ।

मंगलबार, २६ मंसिर २०८०, १४ : ५०

प्रतिक्रिया