काठमाडौँ- लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्ष २०७९र ०८० को सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनीको गत मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०।३७ प्रतिशत नगद लाभांश गरि कुल ७।३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।
प्रतिक्रिया