ताजा समाचार

सिटिजन्स बैंक र अक्टेभ काठमाडौंबीच सम्झौता

बुधबार, २७ मंसिर २०८०, १६ : ०६

काठमाडौँ- सिटिजन्स बैंक इन्टरनेसनल र दरबारमार्गस्थित अक्टेभ काठमाडौंबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकले अक्टेभ काठमाडौंमा १०५ सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबार बाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । 

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

बुधबार, २७ मंसिर २०८०, १६ : ०६

प्रतिक्रिया