काठमाडौँ- प्रोग्रेशिभ फाइनान्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नबाँड्ने घोषणा गरेको छ।
कम्पनीको गत मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने प्रस्तावसहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ।
बैठकले २०८०र३र ३१ को वासलात, गत आवको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्तावसहित वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।
राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीले साधारणसभा आह्वान गर्ने छ ।
प्रतिक्रिया