ताजा समाचार

सिटी होटेलद्धारा साधारणसभा  आह्वान

विहीबार, २८ मंसिर २०८०, ११ : ५८

काठमाडौँ- सिटी होटेल लिमिटेडले आगामी पुस २० गते साधारणसभा  आह्वान गरेको छ। 

कम्पनीको गत मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले पुस २० गते साधारणसभा गर्ने निर्णय गरेको हो।कम्पनीले साधारणसभा प्रयोजनको लागि आगामी पुस ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

पुस ७ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले गत आर्थिक वर्ष २०७९ ०८० को नाफाबाट लाभांश प्रस्ताव गरेको छैन ।

विहीबार, २८ मंसिर २०८०, ११ : ५८

प्रतिक्रिया