काठमाडौँ- कुमारी बैंकले गत आर्थिक वर्ष २०७९/ ०८० को सञ्चित मुनाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।
कम्पनीको गत मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गर्दै २०८०/३र३१ को वासलात, गत आवको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्तावसहितका वित्तीय विवरणहरु स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने बताएको छ ।
कम्पनीको चुक्तापूँजी २६ अर्ब २२करोड ५८ लाख ६१ हजार ३४० रुपैयाँ रहेको छ ।
कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७८र०७९ को लागि १२.५० प्रतिशत नगद लाभांश दिएको थियो ।
प्रतिक्रिया