ताजा समाचार

मन्दाकिनी हाइड्रोपावरको लाभांश घोषणा

आइतबार, ०१ पुस २०८०, ११ : ०३

काठमाडौँ- मन्दाकिनी हाइड्रोपावरले गत आर्थिक वर्ष २०७९र ०८० को सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनीको गत मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट ४.७५ प्रतिशत  बोनस सेयर र कर प्रयोजनका लागि०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

साथै सोही बैठकले प्रस्तावित लाभांश पारित गर्नका लागि १० औं वार्षिक साधारणसभा पनि बोलाएको  छ।कम्पनीले साधारण सभा प्रयोजनका लागि आगामी पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको  छ। पुस १९ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

सो बैठकले सभा अनुपम फूड ल्यान्ड बत्तिसपुतली, काठमाण्डौमा पुस २९ गते हुने निर्णय पनि गरेको छ ।

आइतबार, ०१ पुस २०८०, ११ : ०३

प्रतिक्रिया