टिभिएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा पोखरामा सञ्चालन

मंगलबार, ०३ पुस २०८०, १० : ०१

काठमाडौँ- टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले सोमबारबाट पोखराको न्यूरोडस्थित सिटी स्क्वायर ब्याङ्केटमा टिभिएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा सञ्चालन गरेको छ ।

उक्त एक्सचेन्ज एक्ट्राभगान्जामा ग्राहकहरुले कुनै पनि बाइक अथवा स्कुटरसँग आईक्युब एक्सचेन्ज गर्दा २५ हजार रुपैयाँसम्मको थप भ्यालुएसन पाउन सक्नुका साथै शून्य प्रतिशत ब्याजमा टिभिएस आईक्युब खरिद पनि गर्न सक्ने कम्पनीले बतााएको छ ।

कम्पनीले जम्मा १ लाख ७ हजार रुपैयाँको डाउनपेमेन्टमा नै टिभिएस आईक्युब खरिद गर्न सकिने पनि बताएको छ ।   साथै उक्त एक्सचेन्ज क्याम्पमा ग्राहकहरुले फ्रि एक्सेसोरिज र फ्रि राइडको मजा पनि लिन सक्नेछन् ।

टिभिएसले नेपालमा आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर आईक्युब नाडा अटो शोमा लन्च गरेको थियो । टिभिएसको पोखराको लागि आधिकारिक डिलर बतास ब्रदर्श प्रालिले यो एक्सचेन्ज एक्ट्राभगान्जा पुस ६ गतेसम्म सञ्चालन गर्ने छ ।

 

मंगलबार, ०३ पुस २०८०, १० : ०१

प्रतिक्रिया