काठमाडौँ- कस्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ४ स्थित पर्यटकीय स्थल भदौरे पञ्चासेमा २५औं भदौरे पञ्चासे कोदो महोत्सव एवम् ल्होसार मेला हुने भएको छ ।
भदौरे क्लब र भदौरे आमा समूहद्वारा संयुक्तरुपमा पुस ५ देखि ९ गतेसम्म महोत्सव सञ्चालन गर्ने भएका हुन् ।
पर्यटन प्रवर्द्धन गर्ने, खेलकुद सामाजिक र सांस्कृतिक विकास र सचेतना फैलाउने उद्देश्यले मेला आयोजना गरिएको मेला संयोजक विश्वदल गुरुङले जानकारी दिए । 'हामीले २०५५ सालदेखि तमु ल्होसारको अवसरमा भदौरे पञ्चासे महोत्सव गर्दै आएका थियौं, यस वर्ष रजत जयन्ती पनि भएकाले २५औं संस्करणको भदौरे पञ्चासे कोदो महोत्सव आयोजना गरेका छौं,' संयोजक गुरूङले भने ।
प्रतिक्रिया