ङादी ग्रुप पावर को साधारणसभा मिति तय

मंगलबार, ०३ पुस २०८०, ११ : ३९

काठमाडौँ-  ङादी ग्रुप पावर लिमिटेडको आर्थिक वर्ष २०७९/८० को वार्षिक साधारणसभा (एजीएम) को मिति तोकिएको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्षको साधारणसभा यही पुस २५ गते गर्ने निर्णय गरेको हो । 

योसँगै नेप्सेमा सूचीकृत कम्पनीको सेयर कारोबार रोक्का लागि कम्पनी आउँदो बिहीबार अर्थात् पुस १२ गते बुकक्लोजको मिति तोकेको छ । तोकिएको मितिसम्म लगानीकर्ताहरूले कम्पनीको नाफा बुक गर्न सक्नेछन् । कम्पनीले साधारणसभा र बुकक्लोजका बारेमा धितोपत्र बोर्ड र नेप्से जानकारी गराएको छ । 

मंगलबार, ०३ पुस २०८०, ११ : ३९

प्रतिक्रिया