नाडाको अध्यक्ष सहमतिमै चयन हुने सम्भावना

मंगलबार, ०३ पुस २०८०, १७ : ४१

काठमाडौँ - अटोमोबाइल व्यवसायीहरूको छाता सङ्गठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ अध्यक्ष सहमतिमै चयन हुने सम्भावना बढेको छ ।

अगामी २० र २१ गते हुने निर्वाचनका लागि मैदानमा उत्रिएका अध्यक्षका उम्मेदवारद्वय आकाश गोल्छा र करण चौधरीबीच लगभग लगभग सहमतिमै अध्यक्ष चयन गर्ने सहमतिमा पुगेको अध्यक्ष थापाले बताए ।  उम्मेदवारद्वय गोल्छा र चौधरीबीच आजै राति निर्णायक वार्ता आज साँझ ६ बजे हुने नाडाका अध्यक्ष ध्रुव थापाले जानकारी दिए ।

 
 
 

मंगलबार, ०३ पुस २०८०, १७ : ४१

प्रतिक्रिया