सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

बुधबार, ०४ पुस २०८०, १० : १२

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले शेयरधनीको नाममा रहेको १ लाख ७१ हजार १० कित्ता शेयर बिक्रीमा राखेको उल्लेग गरेको छ।

उक्त शेयर खरिको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई रहेको छ । सो शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजात संलग्न गरी खरिद गर्न चाहेको शेयर विवरणसमेत खुलाई ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटार काठमाडौंमा आवेदन दिनुपर्नेछ।

साथै, तोकिएको समयभित्र शेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकिया अघि बढाइने बैंकले जनाएको छ।

बुधबार, ०४ पुस २०८०, १० : १२

प्रतिक्रिया