ताजा समाचार

हिमालयन बैंकले पनि लाभांश वितरण नगर्ने

बुधबार, ०४ पुस २०८०, १२ : ५०

काठमाडौं- हिमालयन बैंक लिमिटेडले गत आवको नाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको छ । 

बैंकको आज (पुस ४ गते) बसेको ४४६ औं  बैठकले लगानीकर्तालाई लाभांस वितरण नगर्ने प्रस्ताव गरेसँगै लाभांश वितरण नगर्ने सूचीमा हिमालयन बैंक पनि थपिएको हो ।

सोही बमोजिम नेपाल राष्ट्र बैंक समक्ष आफ्नो वित्तीय विवरण स्वीकृतिका लागि पठाउने निर्णय समेत बैंकले गरेको छ ।

हिमालयन बैंकले चालू आर्थिक वर्षको बजेटले गरेको व्यवस्था बमोजिम ठूला करदाताको कार्यालयमा दाखिला गरेको थियो । बैंकले कार्यालयमा ३० करोड ८९ लाखभन्दा धेरै कर बुझाएको थियो । यस्तै, साबिकको सिभिल बैंककातर्फबाट समेत १ करोड ९१ लाख रुपैयाँ बुझाएको थियो ।
 

बुधबार, ०४ पुस २०८०, १२ : ५०

प्रतिक्रिया