ताजा समाचार

हाथवे इन्भेष्टमेन्टले डाक्यो साधारण सभा

बुधबार, ०४ पुस २०८०, १७ : ५८

काठमाडौँ - हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले पन्ध्रौ वार्षिक साधारण सभा आह्वान गरेको छ । पुस २ गते बसेको सञ्चालक समितिको बैठकले पुन २६ गते बिहीबारका लागि साधारण सभा बोलाएको हो ।

सञ्चालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट चुक्ता पुँजीको १०.५२६ प्रतिशत लाभांश स्वीकृतिका लागि साधारण सभामा पेस गरिने कम्पनीले जनाएको छ ।

लाभांशमध्ये १० प्रतिशत बोनस तथा कर प्रयोजनका लागि ०.५२६ नगद वितरण गर्ने प्रस्ताव पेस हुनेछ ।

बुधबार, ०४ पुस २०८०, १७ : ५८

प्रतिक्रिया