ताजा समाचार

गरिमा विकास बैंकद्धारा लाभांश घोेषणा

विहीबार, ०५ पुस २०८०, १० : २६

काठमाडौं- गरिमा विकास बैंकले आफ्ना शेयरधनीहरुलाई लाभांश घोेषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ९ दशमलव ५० प्रतिशत बोनस शेयर रहेको छ भने ० दशमलव ५० प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।बैंकको पुस ४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

विहीबार, ०५ पुस २०८०, १० : २६

प्रतिक्रिया