ताजा समाचार

एचआईडिसीएलको लाभांश घोषणा

विहीबार, ०५ पुस २०८०, ११ : ०७

काठमाडौं- हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनीको गत पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले मुनाफाबाट बितरण गर्ने ५.२६३ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि र सरकारले स्वीकृति दिएपछि सेयरधनीले पाउने छन् ।

यसैगरी, कम्पनीले पुस २९ गते साधारणसभा बोलाएको छ भने साधारणसभा प्रयोजनको लागि पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

विहीबार, ०५ पुस २०८०, ११ : ०७

प्रतिक्रिया