ताजा समाचार

भिषा लिडरसिप कन्क्लेभ नेपाल–२०२३ बाट हिमालयन बैंक सम्मानित

शुक्रबार, ०६ पुस २०८०, ०८ : ००

काठमाडौँ- हिमालयन बैंक भिषा लिडरसिप कन्क्लेभ नेपाल–२०२३ बाट सम्मानित भएको छ ।

भिषा इन्टरनेशनलद्वारा काठमाण्डौमा आयोजित लिडरसिप कन्क्लेभमा कम्पनीलाई एक्सिलेन्स इन पीओएस एक्वाइरिङ बिजनेस–२०२३ र एक्सिलेन्स इन कन्जुमर कार्डस प्रिपेड–२०२३ उत्कृष्ट बनेकोमा उक्त अवार्ड प्रदान गरिएको हो ।

कम्पनीले यी विधाहरुमा विगतका वर्षदेखि नै उक्त अवार्ड प्राप्त गर्दै आइरहेको छ । यसका साथै कम्पनीले ग्राहकको सुविधालाई ध्यानमा राख्दै  म्ष्लभचकरम्ष्कअयखभच तथा  च्गउबथ ब्राण्डका कार्डहरु पनि आफ्नो नेटवर्कमा स्वीकार गर्न सुरु गरेको छ ।

हाल कम्पनीले २७० वटा एटीएम,६ हजार ५०० भन्दा बढी पीओएस र ५००भन्दा बढी ई–कमर्स मर्चेन्टमार्फत् कार्डका ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

शुक्रबार, ०६ पुस २०८०, ०८ : ००

प्रतिक्रिया